गुल्मीमा जिप दुर्घटना हुदा पूर्व सांसदसहित तीन जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुदा पूर्व सांसदसहित तीन जनाको मृत्यु

चैत २८, गुल्मी । 
 गुल्मीको मुसिकोट नगरपालिकामा बिहीवार बिहान जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित तीन जनाको मृत्यु भएको छ  ।  
 
दुर्घटनामा परी धुर्कोट गाउँपालिका  निवासी ७२ वर्षीय रुद्रमणि शर्मा भण्डारी, १३ वर्षीय ओसर विक र मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा छिन् । अन्य ८ जना घाइते भएका छन् ।

बिहीबार बिहान मालिका गाउँपालिकाको दर्लिङबाट बुटवलका लागि हिँडेको लु १ ज १९५७ नम्बरको जिप सडकदेखि १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये चारको वामीटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने अन्य चार जनालाई गुल्मी अस्पताल तम्घास लगिएको छ ।                                                                         
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।