सवारी दुर्घटना न्यूनिकरणका लागि सप्ताहब्यापी ट्राफिक सचेतना अभियान

सवारी दुर्घटना न्यूनिकरणका लागि  सप्ताहब्यापी ट्राफिक सचेतना अभियान

चैत २९, काठमाडौं
समुदाय- प्रहरी साझेदारी अन्तर्गत “ सडक दुर्घटना न्यूनिकरणको लागि सप्ताहब्यापी ट्राफिक सचेतना अभियान”  शुभारम्भ भएको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा शुक्रबार  आयोजित एक कार्यक्रमबीच शुभारम्भ भएको हो ।

कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक क्षेत्रीले सबै व्यक्तिले ट्राफिक नियमको पालना गरेमा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण हुने बताए । 

महानगरीय प्रहरी वृत्त महाराजगंज, महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगंज, सामुदायिक सेवा केन्द्र बुढानिलकण्ठ, बाँसबारी, गोंगबु र टुँडालदेबीको संयुक्त आयोजनामा उक्त अभियान शुभारम्भ भएको हो । 

 उक्त अभियान अन्तर्गत सचेतना र्‍याली काठमाडौं महानगरपालिका-३ स्थित सेल्स बेरी आगाडि प्रांगणबाट शुरु भई टोखा नगरपालिका-५ बसुन्धारास्थित दियालो पार्टी प्यालेसमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।  सो अभियान बैशाख ४ गतेसम्म संचालन हुनेछ ।