‘रअ’ सँग प्रधानमन्त्रीको भेट भएको छैन : मन्त्री बाँस्कोटा

‘रअ’ सँग प्रधानमन्त्रीको भेट भएको छैन : मन्त्री बाँस्कोटा
file photo

साउन ९, काठमाडौं । 
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तर ‘रअ’ का प्रतिनिधिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता नभएको बताएका छन् । 

गत आइतबार नेपाल भ्रमणमा आएका रअ का प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका अध्यक्ष प्रचण्ड लगायतले भेटवार्ता गरेको भन्ने समाचार बाहिरिएपनि सरकारका प्रवक्ता बाँस्कोटाले आफूलाई यसबारे थाहा नभएको प्रतिक्रिया दिए ।

‘भारतीय गुप्तचर आएको थाहा छैन’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकारसम्मेलनमा मन्त्री बाँस्कोटाले भने,‘प्रधानमन्त्रीले भेटेजस्तो लाग्दैन, अरु दलका नेताहरुले भेटेको पनि थाहा छैन ।’ 

मन्त्री बाँस्कोटाले भेट हुने भएपनि कुटनीतिक प्रोटोकलकै आधारमा भेटघाट हुने बताए । मन्त्री बाँस्कोटाले रअ को प्रमुखलाई भेटेर कोही पनि रअ पक्षधर नहुने बताए ।