चिनियाँ राष्ट्रपति सी को भ्रमण भव्य रुपमा सम्पन्न भयो : प्रधानमन्त्री ओली

चिनियाँ राष्ट्रपति सी को भ्रमण भव्य रुपमा सम्पन्न भयो : प्रधानमन्त्री ओली

असोज २६, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका छन् ।

२ दिने राजकीय भ्रमण सकेर सी स्वदेश फर्किपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फ भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले ‘सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटमा भनेका छन्– मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ ।