कोरोनाबाट अति प्रभावित क्षेत्रलाई राष्ट्र बैंकको विशेष राहत

कोरोनाबाट अति प्रभावित क्षेत्रलाई राष्ट्र बैंकको विशेष राहत

१३ साउन, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई  विशेष राहतसहितको आगामी एक वर्षसम्म ऋण तथा साँवा भुक्तानी गर्ने अवधि  थप गरेको छ ।

केन्द्रीय बैंकले अतिप्रभावित, मध्यम र न्यून प्रभावित, क्षेत्रको वर्गीकरण गरी साँवा र व्याज तिर्ने अवधि थप गरेको हो । केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशिका अनुसार अतिप्रभावितलाई आगामी एक वर्ष, मध्यमखालका प्रभावितलाई नौ महिना र न्यून प्रभावितलाई छ महिनासम्म ऋण तथा साँवा भुक्तानी गर्ने अवधि थपिएको छ ।

त्यस अवधिमा ऋणीबाट बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको थप शुल्क, हर्जना लिनसमेत नपाउने निर्देशिकामा उल्लेख छ । केन्द्रीय बैंकले ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण,र्‍याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा लगायतलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।

राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राख्दै प्रवाहित कर्जाको किस्ता र व्याज तिर्ने २०७८ असार मसान्तसम्म समय सारिदिएको छ ।