महिला लघुवित्तको आईपीओमा पर्यो ५० गुणा बढि आवेदन, पर्ने सम्भावना कति?

महिला लघुवित्तको आईपीओमा पर्यो ५० गुणा बढि आवेदन, पर्ने सम्भावना कति?

काठमाडौं, ३ फागुन । 
महिला लघुवित्त वित्तिय संस्थाले सर्वसाधारणकालागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको को आईपीओमा ५० गुणा भन्दा बढि आवेदन पारेको छ ।

लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिंग लिमिटेडका अनुसार सोमबार बेलुकासम्ममा १२ लाख २ हजार बढि आवेदनबाट आईपीओमा १ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको छ । 

आईपीओमा १ करोड ८५ लाख कित्ताका लागि परेको आवेदन अनुसार लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको करिव गुणा बढि हुन आउँछ ।

लघुवित्तको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणका लागि खुलेको थियो ।

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ रेटिङ्ग प्रदान गरेको छ भने लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि फागुन ५ गतेसम्ममा आवेदन दिन सकिनेछ।  लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य, बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओमा १० कित्ताका लागि पनि गोलापर्था हुने हुदा धेरैको हात खाली रहने पक्का छ ।