प्रकाश सपूत र मेलिना राईले निषेधाज्ञाबीचमै ल्याए ‘प्रार्थना’

प्रकाश सपूत र मेलिना राईले निषेधाज्ञाबीचमै ल्याए ‘प्रार्थना’

काठमाडौं, २४ जेठ। 
गायक प्रकाश सपुतले मेलिना राईसँग मिलेर नयाँ गीत ‘प्रार्थना’ बजारमा ल्याएका छन्। 

प्रकाश सपूतको आफ्नै युट्युव च्यानलमा सार्वजनिक भएको उक्त गीतमा अशोक शेरचनको शब्द रहेको गीत प्रकाशकै संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो ।

गीत निषेधाज्ञाकै बीच उच्च सुरक्षा सावधानी अपनाएर रेकर्डिङ तथा छायांकन गरिए को प्रकाशले बताएका छन् । प्रकाश सपूत, गायिका मेलिना राई लगायतको अभिनय रहेको सो गीत प्रवेश पौडेलको निर्देशन गरेका हुन् ।

कोरोना महामारीबाट बचाउन गरिएको प्रार्थनामा गीत आधारित छ। कोरोनाका कारण कसैले ज्यान गुमाउनु नपरोस्, मृत्युका खबरहरु पढ्न नपरोस्, कसैलाई समवेदना लेख्न नपरोस् भन्दै गीतमार्फत प्रार्थना गरिएको छ । 

यो गीत यो सामाग्री तयार पार्दासम्म नेपालको युट्युव ट्रेन्डको १२ औँ स्थानमा रहेको छ । 

यो एउटा गित मात्रै भन्दा पनि मनै देखि गरिएको शुभंमगलको कामना भएको उनले बताएका छन् ।

‘यो विषम परिस्थितिमा एउटा सांगीतिक शुभेच्छा स्वरुप प्रार्थना गीत लिएर आएका छौं। यो एउटा गीत मात्रै भन्दा पनि मनैदेखि गरिएको शुभमंगलको कामना हो। जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला। कामना गरौं यो अफ्ठ्यारो परिस्थिति छिट्टै टरेर जानेछ’, सपुतले भनेका छन्।

उनको पछिल्लो  ‘मेरो पनि होइन र यो देश रु’ बोलको गीत श्रोता एवं दर्शकको राम्रो साथ पाएको थियो ।