प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता, सहमतिको प्रयास

प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता, सहमतिको प्रयास

काठमाडौं, ३० वैशाख। 
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता शुरु भएको छ । ।

बुढानिकलकण्ठस्थित व्यवसायी रामेश्वर थापाको निवासमा पार्टीभित्रको असहमति अन्त्य गर्ने प्रयास स्वरुप ओली र नेपालबीच वार्ता शुरु भएको हो । स्थायी कमिटी बैठकबाट नेपालसहित चार नेताको कारबाही फुकुवा भएलगत्तै दुई शीर्ष नेताबीच भेट भएको हो ।

नेता नेपाल बालुवाटार आउन नमानेपछि थापाको निवासमा गोप्य वार्ता भइरहेको स्रोतले जानाकारी दियो । वार्तामा अन्य सहयोगी नेताहरु सहभागी रहेको बारे केही जानकारी गराइएको छैन ।

नेता नेपालले २०७५ जेठ २ गतेको समयमा फर्किन तयार भए सहमति हुने बताईरहेको छन् भने ओली जेठ २ मा फर्कन तयार छैनन् । 

अध्यक्ष ओली र नेपालबीच गत वैशाख ८ र ९ गते पनि मेरियट होटलमा भेट भएको थियो ।