पीएसजीलाई हराउँदै बायर्नले जित्यो च्याम्पियन्स लिगको उपाधी

पीएसजीलाई हराउँदै बायर्नले जित्यो च्याम्पियन्स लिगको उपाधी

काठमाडौं, ८ भाद्र । 
जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

पोर्चुगलको लिस्बनमा गएराती भएको रोमाञ्चक खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न यो सिजनको च्याम्पियन बनेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा बायर्नका किङ्गस्ले कोमानले निर्णायक गोल गरे ।

पहिलो हाफमा भने दुबै टोलीले गोलको राम्रा अवसर खेर फालेका थिए । खेलको १८ औं मिनेटमा एमबाप्पेको पासमा नेयमारको प्रहार बायर्नका गोलरक्षक नोयाले उत्कृष्ट बचाउ गरे ।

खेलको २२ औं मिनेटमा  रोबर्टो लेवान्डोस्कीले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल पोस्टमा लाग्दै फर्किएको थियो ।

यस्तै ३१ औं मिनेटमा लेवान्डोस्कीको उत्कृष्ट हेड प्रहार पीएसजीका गोलरक्षक केलर नाभासले उत्कृष्ट बचाउ गरेका थिए ।

जित सँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । 

यता, पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पीएसजी उपाधी रक्षा गर्न  असफल भयो ।