र्‍यापर लाउरेलाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश

र्‍यापर लाउरेलाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश

१० फागुन, काठमाडौं । 
लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । 

जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीको इजलासले मंगलबार लाउरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

गत पुस १४ गते लागूऔषध प्रयोग तथा कारोबार गरेको आरोपमा लाउरेसँगै पक्राउ परेका अरु ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको दिएको छ।

अदालतले लागूऔषध मुद्दामा रुपा गाउँपालिका- ७ का ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ, पोखरा महानगरपालिका-२१ का ३९ वर्षीय ध्रुवबहादुर थापा र पोखरा महानगरपालिका-८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।