जीतु भन्छन्, ‘मुन्द्रेको कमेडी क्लब छिट्टै आउँछ’

जीतु भन्छन्, ‘मुन्द्रेको कमेडी क्लब छिट्टै आउँछ’

२१ चैत, काठमाडौं । 
हास्य कलाकार जीतु नेपाल(मुन्द्रे) ले सञ्चालन गर्ने टेलिभिजन कमेडी शो  ‘मुन्द्रेको कमेडी क्लब’ छिट्टै आउने बताएका छन् । 

सामाजिक संजालमा एक पोष्ट गर्दै कलाकार नेपालले रोकिएको कार्यक्रमबारे जानकारी दिएका हुन् । 

फोन, सामाजिक सञ्जाल मार्फत  ‘मुन्द्रेको कमेडी क्लब’ कहिले आउछ रु भन्ने दर्शकको चासोलाई सम्वोधन गर्दै  शो चाडै ल्याउने तयारीमा आफू रहेको बताएका छन्। 

'आउँछ हजुर आउँछ।अब चाँडै नै आउँछ, उनले पोष्टमा लेखेका छन् ‘ फरक बिषय बस्तु,नयाँ सदस्यहरु र नयाँ सेटमा मुन्द्रेको कमेडि क्लबू आउँछ।हामी यसको तयारीमा छौं।'

‘मुन्द्रेको कमेडी क्लब’को बारेमा चासो दिनेलाई धन्यवाद दिदै कलाकार नेपालले कमेडी शो को नयाँ प्रोमो सहित दर्शकलाई जानकारी दिने बताएका छन् । 

'हजुरहरुक‍ो सर सल्लाह, सुझाव, टीका टिप्पणीले अत्यन्तै उत्साहित छु। हरेकको चाहना हुन्छ, केही नयाँ गरौ सफल हौ भन्ने मेरो पनि चाहना त्यहि छ। धेरै हसाउन न सकौला तर अवस्य निरास पार्ने छैन', उनले उल्लेख गरेका छन् । 

यसअघि  ‘मुन्द्रेको कमेडी क्लब’ मा शो का कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको बताउदै एक कार्यक्रम गरेर केहि समयका लागि घोषणा गरेका थिए ।