एप्रिला बनिन् नयाँ मिस मंगोल

एप्रिला बनिन् नयाँ मिस मंगोल

४ पुस, काठमाडौं । 
मिस मंगोल नेपाल २०२१ को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन् । 

ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बू मादेन फस्ट रनरअप र ललितपुरकी २१ वर्षीया विभिषिका श्रेष्ठ सेकेन्ड रनरअप बनेका छन् । मिस मंगोलकी बिजेता एप्रिलाले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार र बैंकक टुर प्याकेज पनि प्राप्त गरेकी छन्। त्यसैगरी प्रिया र विभिषिकाले पनि चार दिनको बैंकक टुर प्याकेज प्राप्त गरे।

रिडी ग्रुपको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा काठमाडौंकी प्रदिका महर्जन मिस मंगोल बागमती, रौतहटकी चन्द्रकुमारी सारुमगर मिस मंगोल प्रदेश २, पाँचथरकी शान्ता योङहाङ मिस मंगोल प्रदेश १ बने । त्यसैगरी खोटाङकी सान्तवना राई मिस ट्यालेन्ट, ललितपुरकी समिता बज्राचार्य कल्चरल एम्बासडर र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा मिस फोटोजेनिक एवं मिस लिडरसिप बनेका हुन् ।

सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, रिडी ग्रुपका निर्देशक डीबी आले, स्काई ग्रुप अफ कम्पनीका अध्यक्ष राजन श्रेष्ठ, प्राज्ञ संगीतकार शान्तिराम राई, पूर्वएसएसपी दीपक रञ्जित, मनोविज्ञ अजेलिया रञ्जितकार, मिस मंगोल नेपाल २०१४ डा. एनिस्ता गुरुङ, मिस मंगोल नेपाल २०१८ जाङमु शेर्पा, म्युजिक भिडियो निर्देशक विज्ञान राई निर्णायक मण्डलमा बसेका थिए।