'स्पाइडर म्यान' ले भारतमा कमायो तीन दिनमा ७९ करोड

'स्पाइडर म्यान' ले भारतमा कमायो तीन दिनमा ७९ करोड

४ पुस, काठमाडौं । 
डिसेम्बर १६ मा रिलिज भएको हलिउड चलचित्रफिल्म 'स्पाइडर म्यानःनो वे होम' ले विश्वभरी नै आक्रामक व्यापार गरिरहेको छ । उक्त चलचित्रले अहिले भारतीय बक्स अफिसमा ठूलो कमाइ गरिरहेको छ।

चलचित्रले रिलिजको तेस्रो दिन अर्थात् शनिबार बक्स अफिसमा २६ करोडको कलेक्सन गरेको छ । फिल्मले पहिलो दिन ३२.६७ करोड र दोस्रो दिन २०.३७ करोड कमाएको छ । फिल्मले भारतमा तीन दिनमा अहिलेसम्म करिब ७९ करोडको बक्स अफिस कलेक्सन गरेको छ ।

आइतबार चलचित्रको कमाइमा ठूलो वृद्धि हुने अनुमान गरिएको छ । चलचित्रले छिट्टै एक सय करोडको आँकडा पार गर्ने विश्वास गरिएको छ । 

स्पाइडर म्यानःनो वे होम चलचित्र टम हल्याण्ड र जेन्डाया अभिनीत, जोन वाट्सद्वारा निर्देशित फिल्म हो ।