विवश र पूर्णिमाको स्वरमा ‘ए रिमै पन्चे बाजा बजाई’ सार्वजनिक

विवश र पूर्णिमाको स्वरमा ‘ए रिमै पन्चे बाजा बजाई’ सार्वजनिक

१४ पुस, काठमाडौं । 
गायक विवश बस्नेत र पूर्णिमा लामाको स्वरमा सजिएको नयाँ गीत ‘ए रिमै पन्चे बाजा बजाई’ सार्वजनिक भएको छ। 

दीपक शर्माको शब्द तथा संगीत रहेको उक्त गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा सुनिल क्षेत्री, विनीता परियार, महादेव त्रिपाठी र सुनिताको अभिनय देख्न सकिन्छ । 

सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशन यस गीतमा पवन सुस्लिङ्गको छायाङ्कन तथा सम्पादन रहेको छ ।