मेलिना र पुस्करले ल्याए 'मेरो मनको उपबनमा'

मेलिना र पुस्करले ल्याए 'मेरो मनको उपबनमा'

काठमाडौं, १४ साउन । 
गायक पुस्कर सुनुवार र गायिका मेलिना मैनालीले मेरो मनको उपबनमा बोलको गीत सार्वजनिक गरेका छन् । 

अहिलेकी चर्चित गायिका मेलिना मैनाली र गायक पुस्कर सुनुवारको स्वर रहेको गीतमा गायक गायिका स्वयमले अभिनय समेत गरेका छन् । गीतमा दुई प्रेमीको मायाको कथा देखाइएको छ । 

किरण के उप्रेदीको शब्द रहेको गीतमा गायक पुस्कर संगीत दिएका छन् । 

प्रदिप कुमार रसाइलीले निर्देशन गरेको गीत गायक पुस्करको युट्यव च्यानलबाट सार्वजनिक भएको छ ।