२७ वर्षअघि रेर्कड भएको नारायण रायमाझीको ‘कदमको छायाँले’ नयाँ भर्सनमा

२७ वर्षअघि रेर्कड भएको नारायण रायमाझीको ‘कदमको छायाँले’ नयाँ भर्सनमा

काठमाडौं, १४ साउन । 
वि.स. २०५१ सालमा पहिलोपल्ट रेर्कड भएको वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको  ‘कदमको छायाँले’ नयाँ भर्जनमा सार्वजनिक भएको छ । 

२७ वर्षअघि रेकर्ड भएको गीतको नयाँ भर्जनमा सुनिता बुढा क्षेत्रीले स्वर दिएकी छन् ।

पहिला रेकर्ड भएको गीतमा गायिका बिमा कुमारी दुरा, शकुन्तला रायमाझी र सुष्मा आचार्यले स्वर दिएका थिए । 

नयाँ भर्सनको गीतमा शब्द, संगीत श्रष्टा रायमाझी आफैले गरेका हुन् भने शेखर घर्तीले भिडियोको कोरियाग्रापी गरेका हुन् । 

गीतलाई रीमा इन्टरटेन्मेन्टले नयाँ एरेन्जमेन्ट सहित भिडियो सार्वजनिक गरेको हो ।