एमालेको टिकटक प्रतियोगीता, विजेतालाई एक लाख पुरस्कार

एमालेको टिकटक प्रतियोगीता, विजेतालाई एक लाख पुरस्कार

२४ चैत, काठमाडौं । 
नेकपा एमाले राष्ट्रिय युवा संघ नेपालको साइवर सर्कलले  राष्ट्रिय टिकटक प्रतियोगीता आयोजना गर्ने भएको छ ।

सोमवार एक कार्यक्रम मार्फत आगामी स्थानिय निकायको चुनावलाई लक्षित गर्दै अध्यक्ष केपी ओलीले सो प्रतियोगिताको घोषणा गरेका हुन्। 

एमालेको विचार तथा सिद्धान्त, विकास निर्माणका गतिविधी झल्किने खालका टिकटक भिडियो बनाउने बिजेताले एक लाख जित्ने आयोजकले जनाएको छ । 

‘नेकपा एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टीका सिद्धान्तहरुलाई चर्चित भिडियो प्ल्याट फर्म टिकटक मार्फत नविनता र सृजनशिलता पुर्वक समाजमा प्रस्तुत गर्ने तयारी गरेको छ । उक्त कार्यमा नेकपा एमालेको कार्य तथा विचार झल्किने खालका टिकटक भिडियो बनाई प्रतियोगितामा सहभागी भई नगद पुरस्कार जित्नुहुन हार्दिक अनुरोध गर्दछौं ।’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि पपुलर र क्रियटिभ दुई विधामा तिन तिन जनालाई पुरस्कार वितरण गरिनेछ । जसमा प्रथमले रु एक लाख, द्धितीयले रु पचास हजार र तृतीयले पच्चिस हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगीता चैत्र २१ गतेबाट सुरु भएको टिकटक प्रतिस्पर्धा वैशाख ३० गतेसम्म चल्नेछ । प्रतिस्पर्धाको अन्तिम नतिजा जेठ ७ गते हुनेछ भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नेछन् । 

टिकटक भिडियो २०७८ चैत्र २१ गते देखि ०७९ वैशाख ३० गतेसम्ममा अपलोड गरिसक्नुपर्ने, नेकपा एमालेले अघि सारेका योजना र विकासमा आधारित नितान्त व्याक्तिगत रचनात्कम भिडियो हुनुपर्ने, सृजना बढीमा २ मिनेटको हुनुपर्ने, भिडियोमा भोट फर सन्, सिपिएन यूएम एल, साइवर सर्कल नेपाल, आइएम विथ केपी ओली लगाएतका ह्यासट्याग प्रयोग गर्नुपर्ने आयोजकले जनाएको छ ।