दाङमा गुडिरहेको बसमा आगलागी

दाङमा गुडिरहेको बसमा आगलागी

२९ मंसिर, दाङ । 
दाङमा गुडिरहेको यात्रुबाहक बसमा  आगलागी भएको छ । 

बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । 

मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ  । 

गाडीमा १५/१६ जना यात्रु रहेको प्रहरीले जानकारी दिएको छ ।