तोलामा ११ सयले बढ्यो सुनको मूल्य

तोलामा  ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २१ पुस । 

बजारमा आज सुनको मूल्यमा ११ सयले वृद्धि भएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला र ९६ हजार ४ सयमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला  ९५ हजार ९ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ८ सयमा सोमबार कारोवार भएको थियो । 

चाँदी प्रतितोला १० ले वृद्धि भई प्रतितोला १ हजार ३ सय ३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला १ हजार ३ सय २५ मा सोमबार कारोवार भएको थियो ।