प्रधानमन्त्री ओलीले गरे नेपालको दास्रो लामो राप्ती पुलको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे नेपालको दास्रो लामो राप्ती पुलको उद्घाटन

दाङ, १२ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको राप्ती नदीमा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरेका छन् । 

ओलीले दाङको सिसहनिया-गढवा जोड्ने  नवनिर्मित पुलको एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । यो नेपालकै दोस्रो लामो पुल हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाट कर्णाली नदीमा छ ।

 

पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै देशमा विकासको लहर ल्याएको बताए । उनले लुम्बिनी प्रदेशको राजधानीलाई व्यवस्थित गर्न यो पुल अत्यन्त जरूरी रहेको बताउदै  निर्माण कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।

झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ ।