फैलदो कोरोना संक्रमण, थप ३३७ जनामा सङ्क्रमण पुष्टि

फैलदो कोरोना संक्रमण, थप ३३७ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, २८ चैत । 
देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ५ सय ३२ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप १ सय ५१ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको छ । निको हुने दर भने ९७.९ प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय रहेको छ । उनीहरुमध्ये ८४ जना क्वारेन्टिनमा र  अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख नौ हजार ७ सय ७६ को पिसिआर परीक्षण भएको छ । त्यस्तै ३ हजार ३९  जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले तथ्य छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको  पुष्टि भएको छ ।