दोलखामा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ घाइते

दोलखामा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ घाइते

दोलखा, ३१ चैत ।
दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । 

दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका–४ बुलुङ जाने क्रममा बा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजे दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए । 

मृत्यु हुनेमा बिगु गाउँपालिका–३ बुलुङका ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का, २४ वर्षीया चण्डिका थापा र ४५ वर्षीया अजिता खत्री रहेका छन् । 

दुर्घटनामा परी वडाध्यक्षसहित १८ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौँको बिएण्डबी, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।