काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात

काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात
काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात
काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात

फागुन १६, काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा र भारी हिमपात भएको छ। 

यसअघि हिउँ खेल्नका लागि फूल्चोकी, चन्द्रागिरी,  कालिञ्चोक लगायतका स्थानमा पुग्ने उपत्यकावासी १२ वर्षपछि आफ्नै आगँनमा हिउँलाई स्पर्श गर्न पाउदा हर्षित छन् । 

काठमाडौं उपत्यका वरपरका डाँडाकाँडा हिउँले ढाकिएर हिमालझै टल्किएका  छन्। बिहीबार बिहान सूर्योदयसँगै काठमाडौं उपत्यकामा रोचक दृष्य देखिएको छ । उपत्यकाबासीले बिहान उठ्नासाथ आफ्नै घरबाट सेताम्य हिउँको दुर्लभ दृष्य देख्न पाएका छन् ।

कीर्तिपुर, पातले वन, चन्द्रागिरि, शिवपुरी, फुल्चोकी आसपासका डाँडाहरु हिमाल जस्तै सेता देखिएका छन् । भक्तपुरमा सूर्यविनाय, दुवाकोट, बालकोट, साँगा, ललितपुरको लेले र काभ्रेको बनेपा तथा धुलिखेल लगायतका क्षेत्रमा हिउँ परेको छ।