सरकारी डाक्टर आजै काममा नफर्किए कारबाही गर्नै मन्त्रालयको चेतावनी

सरकारी डाक्टर आजै काममा नफर्किए कारबाही गर्नै मन्त्रालयको चेतावनी
file photo

चैत २६, काठमाडौं । 
सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरु मंगलबार काममा नफर्किए सरकारले आवश्यक सेवा संचालन ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत काममा फर्किन आग्रह गरेको थियो । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हड्ताल गरी आन्दोलनमा उत्रिएका डाक्टरहरु काममा फर्किए कतिपय मागमा वार्ता हुनसक्ने बताएका छन् ।  

प्रदेश र स्थानीय तहमा समायोजन भएर गएपनि चिकित्सकहरुले पाएको अधिकार नरोकिने र वृत्तिविकासमा बाधा नहुने गरी व्यवस्था मिलाउन सरकार तयार रहेको उनले बताए । तर त्यसका लागि सरकारले आन्दोलन फिर्ता गरी काममा फर्किनुपर्नेलाई शर्त बनाएको छ ।

सरकारी चिकित्सकहरु बिगत केही दिनदेखि समायोजनविरुद्ध अस्पताल नै बन्द गरेर आन्दोलनमा छन् । उनीहरुले चिकित्सकलाई निजामती कर्मचारी जसरी प्रदेश र स्थानीय तहमा समायोजन गर्न नपाइने बताइरहेका छन् ।