भूकम्पबाट कुनै मानविय क्षति भएको छैनः गृह मन्त्रालय

भूकम्पबाट कुनै मानविय क्षति भएको छैनः गृह मन्त्रालय
तस्विर सौजन्य : thenews

बैशाख ११, काठमाडौं ।
धादिङको नौविसेलाई केन्द्रबिन्दु बनाएर १२ मिनेटको फरकमा गएका भूकम्पको पराकम्पबाट कुनै किसिमको मानविय नभएको गृहमन्त्रालयले जनाएको छ।

ट्वीटरबाट मन्त्रालयले आफ्नो प्रारम्भिक सूचनाका आधारमा हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको जनाएको हो।

बुधबार बिहान ६ बजेर २९ मिनेटमा तथा ६ बजेर ४० मिनेटमा ती भूकम्पका धक्का महशुस गरिएका हुन्।

१२ मिनेटको फरकमा गएका दुई मध्ये पहिलो भूकम्पको धक्का ५.२ र दोश्रो ४.३ म्याग्निच्यूडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्न एकदिन अगाडी एकाएक भूकम्पका धक्का महशुस हुदा राजधानी बासीको भागदौड मच्चिएको थियो ।