विप्लवका छोरा प्रकाश चितवनबाट पक्राउ

विप्लवका छोरा प्रकाश चितवनबाट पक्राउ

भदौ २५, चितवन ।

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  का महासचिव नेत्रविक्रम चन्द(विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई बुधबार विहान चितवन मेडिकल कजेजबाट पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।


]चितवन मेडिकल कलेजगेटमा अवोरध सिर्जना गरेपछि उनीसहित करिब एक दर्जनलाई नियन्त्रणमा लिइएको प्रहरीनायव उपरीक्षक शालिकराम पौडेलले जानकारी दिए । ‘विहान १० बजेतिर नियन्त्रणमा लिइएको हो, उनीहरुले चितवन मेडिकल कलेजको गेटमै धर्ना दिएर एम्बुलेन्सलाई समेत प्रवेश गर्न नदिएपछि नियन्त्रणमा लिएका हौं’ डीएसपी पौडेलले भने ।

उनले अत्यावश्यक सेवा सञ्चालन ऐन२०१४ अनुसार उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अघिदेखि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उक्त आन्दोलनको नेतृत्व विल्वव पुत्र प्रकाशले गर्दै आएका थिए ।