गाउँका तरकारी सहर ल्याउ, सहरबाट औषधी बीउ लैजाऔँ : सांसद विडारी

गाउँका तरकारी सहर ल्याउ, सहरबाट औषधी बीउ लैजाऔँ : सांसद विडारी

काठमाडौं, ७ जेठ ।

राष्ट्रियसभाका सांसद रामनारायण विडारीले गाँउगाँउमा किसानले उब्जाएको तरकारी सरकारले सहरसम्म ल्याइदिनुपर्ने बताउनुभएकाे छ ।

बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले एक हजार भन्दा बढी ट्रक भाडामा लिएर गाउँमा किसानले उत्पादन गरेका फलफूल, तरकारी शहरमा ल्याइदिनुपर्ने र गाउँमा चाहिने बीउ, मल, औषधी सरकारले गाउँसम्म पुर्याइदिनुपर्ने काम सरकारले गर्नुपर्ने बताउनुभएकाे छ ।

"सरकारले कम्तीमा एक हजारभन्दा बढि मालवाहक सवारीसाधनहरु आफ्नो नियन्त्रणमा, आफ्नो रेखदेखमा गाउँगाउँमा पठाउनुपर्याे । गाउँले जनाताले उत्पादन गरेका सम्पूर्ण चिजहरु सहरमा ल्याइदिनुपर्याे, शहरबाट गाउँ जाँदा मल र बीऊ किटनाशक औषधी जे जे चाहिने हो पुर्याइदिनु पर्यो तर जनताहरु आवत जावत गर्न रोकदिनुपर्यो ।" मन्त्री विडारीले बताउनुभयो, "ट्रकहरु मजाले बसिरहेका छन् । जनताले पैसा तिरेर खाने हो सित्तै बाड्न भन्याछैन, गाउँगाउँमा गएर तरकारी, फलफूल, गेडागुडी उठाएर सहरमा ल्याएर बेच्ने व्यवस्था मिलाउनुपर्यो । यसले गर्दा भारतीय सामान नेपाल आउन रोकिन्छ जसले गर्दा आयात घट्छ हामी आत्मनिर्भर हुन्छौँ ।"

किसानले दुध पोख्नुपर्ने, चल्ला मासिनुपर्ने, किसानका सारा चिजहरु अलपत्र पर्ने हुदा पनि ती कामहरु किन नगरेको भन्दै मन्त्रीहरुलाई सांसद विडारीले प्रश्न गर्नुभएको छ ।