ग्रीनलाइफको आइपीओमा मागभन्दा साढे गुणा बढी आवेदन

ग्रीनलाइफको आइपीओमा मागभन्दा साढे गुणा बढी आवेदन

काठमाडौँ, २५ माघ ।
ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि खुलाएको ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आइपीओ मा  मागभन्दा साढे गुणा बढी आवेदन परेको छ।

ग्रीनलाइफको  आइपीओमा आज पौने ४ बजेसम्म ७ लाख ८७ हजार ७२० जना सर्वसाधारण लगानीकर्ताले १ करोड ४३ लाख २६ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । 

ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो । 

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गरेको हो ।

ग्रीनलाइफको आइपीओमा माघ २७ गतेसम्म आवेदन दिन सकिन्छ ।