चोरीको आरोप लागेपछि युट्युवबाट हटाइयो 'मनबार'

चोरीको आरोप लागेपछि युट्युवबाट हटाइयो 'मनबार'

काठमाडौं , ७ जेठ । 
अभिनेत्री सुरक्षा पन्त अभिनित सट फिल्म ‘मन बार’ युट्युवबाट हटाइएको छ । 

ओएसआरले आफ्नो युट्युवबाट सार्वजनिक गरेको हिन्दी फिल्मबाट ‘नामर्द’ बाट हुबहु नक्कल गरेको गर्दै चौतर्फी आलोचना भएपछि उक्त फिल्म युट्युवबाट हटाइएको हो ।

अन्य फिल्मबाट नक्कल भएको भन्दै आलोचना भएपछि अभिनेत्री सुरक्षा पन्तले फेसबुकमा लामो स्ट्याटस लेख्दै फिल्म अभिनय गर्नु आफूबाट गल्ती भएको बताउदै अब बन्ने यसको दोस्रो भागमा आफु नरहने समेत स्पष्ट पारेकी छन् ।

जीवन शाहीले निर्देशन गरेको यो फिल्ममा ओएसआरकै रुपेन्द्र खड्गीले लेखकको नाम राखेका थिए ।  

ओएसआर डिजिटलले निर्माण गरेको फिल्म ‘मन बार’मा सुरक्षा पन्त र कोशिस क्षेत्रीको अभिनय छ ।