कश्मीरमा विद्रोही समुहको आक्रमण परी ४० सुरक्षाकर्मीको मृत्यु

कश्मीरमा विद्रोही समुहको आक्रमण परी  ४० सुरक्षाकर्मीको मृत्यु

फागुन २, काठमाडौं । भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा ४२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । 

काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी ४२ सुरक्षाकर्मीको मृत्यु भएको हो ।

आक्रमणको आतंककारी समूह जैस–ए–मोहम्मदले जिम्मा लिएको छ। समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै ‘वाकास कमान्डो भनिने आदिल अहमदले आक्रमण गराएको’ उल्लेख गरेका छन्।

यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो ।