ओली-दाहालबीच जुटेन सहमति

ओली-दाहालबीच जुटेन सहमति

२१ असार, काठमाडौं । 
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलमा कुनै ठोस निर्णय नभएपछि आइतबारको बैठक सकिएको छ । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो भएको छलफलमाकुनै ठोस सहमति जुट्न नसकेपछि भोली पुन छलफल हुने भएको छ । 

आफू निकट नेताहरूसहित छलफलमा बसेका ओली र दाहालले सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पहिले फेरि दुवैजना बस्ने निर्णय गरेको नेकपाका स्थायी कमिटी एक नेताले जानकारी दिए। 

दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको उनले बताए ।