लियोनसँग बराबरीमा रोकियो बार्सिलोना

लियोनसँग बराबरीमा रोकियो बार्सिलोना
तस्विर सौजन्य : BBC

फागुन ८, काठमाडौं ।  च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि- क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना लियोनसँग गोलरहित बराबरीमा रोकिएको छ । 

लियोनको घरेलु मैदानमा मंगलबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाको लगातार प्रयासमा लियोनको रक्षापंक्ति बाधक बनेको थियो । बार्सिलोनाले प्रहार गरेको पटक पटक प्रयास गोलमा परिणत हुन नसक्दा बारबरीमै चित्त बुझाएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा पनि बराबरीमै चिक्त बुझायो । बार्सिलोनाका कप्तान लियोनल मेस्सी, लुइस स्वारेज तथा फिलिपे कौटिन्होले प्रहार गरेको प्रत्येक बलमा लियोनका गोलकिपर एन्थोनी लोपेस बाधक बन्दा बलले जाली चुम्न सकेन ।

बार्सिलोनाले गोलको लागि २५ पटक प्रयास गरेपनि गोलकिपर लोपेसले विफल बनाएका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा बार्सिलोनासँग लियोनले गोलरहित बराबरी खेल्न सफल भएको हो ।