भरतपुरमा नेपालकै पहिलो अन्तराष्ट्रिय क्रिकेट रगंशाला बन्ने

भरतपुरमा नेपालकै पहिलो अन्तराष्ट्रिय क्रिकेट रगंशाला बन्ने

माघ १६, काठमाडौं । करिब ३ करोड लागतमा धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपु्र महानगरपालिका १६ मा नेपालको पहिचान झल्कने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शिलन्यास भएको मितीबाट २ वर्षमा धुर्मुस(सुन्तली फाउन्डेसन रगंशाला बनाउने घोषणा गरेको हो । आज एक कार्यक्रमका बिचमा धुर्मुस-सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौता भएको छ।

भरतपु्र महानगरपालिका वडा नं. १६ अन्तरर्गतको त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।

गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन्। देश–विदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन्।

धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, कलकार तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।