भारतमा तहल्का मच्चाएको द कश्मीर फाइल्सले तीन दिनमा कमायो २७ करोड

भारतमा तहल्का मच्चाएको द कश्मीर फाइल्सले तीन दिनमा कमायो २७ करोड

१ चैत, काठमाडौं । 
राष्ट्रिय पुरस्कार विजेता अभिनेता अनुपम खेर र मिथुन चक्रवर्ती अभिनीत 'द कश्मीर फाइल्स' ले शुक्रबार (मार्च ११) मा रिलिज भएदेखि तीन दिनमा बक्स अफिसमा तहल्का मच्चाएको छ।

चलचित्र विश्लेषक तथा चलचित्र समीक्षक तरण आदर्शका अनुसार चलचित्रले पहिलो दिनको तुलनामा तेस्रो दिन ३२५।३५ प्रतिशत बृद्धि गरी नयाँ कीर्तिमान कायम गरेको छ ।

तीन दिनमा चलचित्रले घरेलु बजारमा २७ करोड १५ लाख कमाएको छ । रिलिजको दिन (शुक्रबार) यसले ३.५५ करोड कमाएको थियो । 

चलचित्रलाई धेरैले तारिफ गरेपछि खेरले सामाजिक सञ्जालमार्फत कृतज्ञता व्यक्त गरेका छन् ।

साउथ सुपरस्टार प्रभासको फिल्म ‘राधेश्याम’ सँगै रिलिज भएको यो फिल्म देशका सिमित स्क्रिनमा रिलिज भएको थियो। फिल्मले सुरुमा ६५० स्क्रिन मात्र पाएको थियो । तर यसको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै अहिले फिल्मको स्क्रिन काउन्ट २ हजार पुगेको छ।

द्रूत गतिमा चलिरहेको फिल्मको कलेक्शन हेर्दा ‘द कश्मीर फाइल्स’लाई दर्शकले निकै रुचाएका छन्।

यसैबीच 'द कश्मीर फाइल्स' लाई कर्नाटक, हरियाणा, गुजरात र मध्यप्रदेश सरकारले कर फ्री गरेको छ।