शाहिद कपुर अभिनित ‘जर्सी’ को ट्रेलर सार्वजनिक

शाहिद कपुर अभिनित ‘जर्सी’ को ट्रेलर सार्वजनिक

८ मंसिर, काठमाडौं । 
कविर सिंहमा गरेको अभिनयका कारण अत्याधिक रुचाइएका भारतीय अभिनेत शाहिद कपुर अभिनित ‘जर्सी’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ। 

आगामी डिसेम्बर ३१ बाट प्रदर्शनम आउने फिल्मको ट्रेलर मंगलबार सार्वजनिक भएको हो।

शाहिद कपुरले अभिनय गरेका जर्सी दक्षिण भारतीय फिल्म ुजर्सीु को हिन्दी रिमेकमा बनाइएको हो । चलचित्रमा एक जना पूर्व क्रीकेट खेलाडीको कथालाई समेटिएको छ। 

फिल्मलाई तेलगु भाषाकै निर्देशक तिन्ननुरीले निर्देशन गरेका छन्। करिब २ वर्षपछि पर्दामा आउन लागेका शाहिदसँगै फिल्मको मुख्य भूमिकामा म्रुनल ठाकुर, पंकज कपुर लगायतको अभिनय छ।