रहेनन् बलिउडका 'डिस्को किङ्ग' बप्पी लहरी

रहेनन् बलिउडका 'डिस्को किङ्ग' बप्पी लहरी

४ फागुन, काठमाडौं । 
बलिउड गायक एवम् संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ। 

बलिउडका  ‘बप्पी दा’  ‘डिस्को किङ्ग’ उपनामले समेत चिनीएका लहरीको मंगलवार राति ११ बजे मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। 

स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मंगलवार नै अस्पताल लगिएको थियो।

कहलिन लहरीले गीतसंगीतका साथै सुन लगाउने बानीका कारण पनि चर्चित थिए। सुनका सौखिन उनीसँग करिब ४० लाखको गहना भएको बताइन्छ ।

बलिउडमा करिब ४८ वर्ष काम गरेका उलहरीले ५ हजारभन्दा बढी गीत कम्पोज गरेका थिए। उनले हिन्दी, बंगाली, तमिल, तेलुगु, मलयालम, कन्नड, गुजराती, मराठी, पंजाबी, उडिया, भोजपुरी, आसमी भाषासँगै बंगलादेशी र हलिउड फिल्ममा पनि गीत कम्पोज गरेका थिए।  

लहरीको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै बलिउडकर्मीहरुले शोक व्यक्त गरेका छन्।