आमा बनेपछि ऋचा लेख्छिन्, ‘एकाएक परिपक्व भएको झै आभास भइरहेको छ’

आमा बनेपछि ऋचा लेख्छिन्, ‘एकाएक परिपक्व भएको झै आभास भइरहेको छ’

काठमाडौं, २५ भाद्र । 
अभिनेत्री ऋचा शर्माले बुधवार पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी छन् । 

छोरालाई जन्म दिएपछि  ऋचाले सामाजिक सञ्जालमा आफ्नो श्रीमान र छोरोको एक पोष्ट गर्दै छोरोको नाम समेत सार्वजनिक गरेकी हुन् । छोराको नाम आभ्यान बिक्रम राणा राखेको जानकारी दिएकी छन् । 

भावुक शब्दहरुसँगै मातृत्वको खुसी साटेकी  ऋचाले छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउने लोभ आफुमा रहेको समेत खुलाएकी छन् । उनले लेखेकी छन्– ‘एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब ।’

उनले सुरुमा लेखेकी छन्, आज धेरै कुराहरु लेख्छु भनेर सोचिरहेको थिए, ‘यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए । तर आज शब्दको अभाव महशुस भइरहेको छ, भावनालाई कसरी बुनुम भइरहेको छ । हिजोसम्म आफै केटाकेटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ ।’

‘सोच्दा पनि पृथिवी बोके झै लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ’ उनले  थपेकी छन् ‘अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढता, संकल्पहरुको बाढ़ी मनभित्र चलिरहेको छ । पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन ।’

उनले सन्तानको आगमनसँगै आफु जत्तिको धनी मान्छे कोही छैन भन्ने लागेको समेत लेखकी छन् । 

२०७६ मंसिर २१ गते दिपेक्ष राणासँग प्रेम विवाह गरेकी शर्मा पछिल्लो समय ‘कमेडी च्याम्पियन २’ मा निर्णायकको भूमिका निर्वाह गर्दै आएकी थिइन् । सन्तान जन्माउने दिन नजिकिएपछि उनले गत साता ‘कमेडी च्याम्पियन’ बाट बिदा लिएकी छन् ।