खगेन्द्र लामिछाने अभिनित ‘डमरुको डण्डिबियो’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

खगेन्द्र लामिछाने अभिनित ‘डमरुको डण्डिबियो’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

२९ माघ, काठमाडौं । 
 स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेको नेपाली चलचित्र ‘डमरुको डण्डिबियो’ युट्युबमा सार्वजनिक भएको छ। 

तीन वर्ष अघि फिल्महलमा लागेका यस चलचित्रमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, वुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा केहि बर्ष अघिसम्म नेपालको राष्ट्रिय खेलको रुपमा रहेको डण्डिबियोसँग जोडिएको कथा समेटिएको छ। 

चलचित्रमा डमरु ९खगेन्द्र लामिछाने०ले पुरानो खेल डण्डिबियोलाई पुनर्जन्म दिन गरेको संघर्ष फिल्ममा देखाइएको छ।

शुक्रबार युट्युबमा सार्वजनिक भएको चलचित्र अहिले यो सामाग्री तयार पार्दासम युट्युवको ट्रेण्डिङ १० मा पुगेका छ।

चलचित्रमा खगेन्द्रको लेखन, हरि हुमागाँइको छायांकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन छ । चलचित्र हाइलाइट्स नेपालको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।