ह्याट्रिक गर्दै रोनाल्डोले तोडे पेलेको कीर्तिमान

ह्याट्रिक गर्दै रोनाल्डोले तोडे पेलेको कीर्तिमान

ऐजेन्सी, २ चैत । 
इटालियन सिरी 'ए' फुटबलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेसँगै युभेन्ट्सले सहज जित निकालेको छ । 

गएराती काग्लियारीको मैदानमा भएको खेलमा साविक विजेता युभेन्ट्सले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित सहज जित निकालेको हो। युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।

काग्लियारी विरुद्धको खेलमा ह्याट्रिकपछि रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा बनाए । रोनाल्डोले आधिकारिक खेलमा ७७० गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७६७ गोल रहेको छ । कीर्तिमान तोडेपछि ब्राजिलियन हस्ती पेलेले रोनाल्डोलाई बधाईसमेत दिएका छन् ।

यता घरेलु टिम काग्लियारीका जियोभानी सिमओनले एक गोल फर्काएपनि जितका लागि प्रयाप्त हुन सकेन । 

खेलको १० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमको अग्रता  दोब्बर बनाए। त्यस्तै खेलको ३२ औं मिनेटमा रोनाल्डोले थप एक गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । 

पहिलो हाफमा ३-० को अग्रता बनाएको युनेन्टसले दोसा्रे हाफमा एक गोल खायो । खेलको ६१औं मिनेटमा जियोभानी सिमिओनीले काग्लियारीका लागि एक गोल फर्काए। बाकी समयमा दुबै टोलीबाट गोल हुन नसक्दा युभेन्टसले ३० को फराकिलो जित निकाल्यो ।   

युभेन्ट्स २६ खेलबाट ५५ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । युभेन्ट्स भन्दा १ खेल बढि खेलेको एसी मिलान ५६ अंकसहित दोस्रो स्थानमा छ भने २७ खेल खेलेको इन्टर मिलान ६५ अंकसहित पहिलो स्थानमा छ ।