३० किलो चरेश सहित ३ जना पक्राउ

३० किलो चरेश सहित ३ जना पक्राउ

फागुन ५, काठमाडौं ।  । बुटवल उपमहानगरपालिका ९ बसपार्कबाट करिब ३० किलो अवैध लागूऔषध चरेश सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका ७ बस्ने ३६ वर्षीय राजकुमार स्याङ्तान, ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ रहेका छन् ।

४ गते बेलुका ५ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शनिबार साँझ आलुसँग मिसाएर बोरामा लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध चरेश फेला पारेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।