प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास

काठमाडौं, २१ चैत । 
प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट प्रधानमन्त्री ओलीले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका हुन् । 

५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरेका छन्। 

कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले ३ वर्षमा ३ हजार ५ सय १२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिए। यस्तै तीन हजार ३ सय  किलोमिटर ग्राभेल सडक, एक हजार ६ सय  ८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको बताए ।