पूर्वरानी कोमलको स्वास्थ्य सुधारउन्मुख, आईसीयूबाट वार्डमा सारियो

पूर्वरानी कोमलको स्वास्थ्य सुधारउन्मुख, आईसीयूबाट वार्डमा सारियो

काठमाडौं, २२ वैशाख । 
कोरोना संक्रमण भई  विगत  १२ दिनदेखि निर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार देखिएको छ । 

यसअघि कोमललाई आईसीयूमा राखेर गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएकोमा आजबाट वार्डमा सारिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

१२ दिनअघि  पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई नर्भिक अस्पतालमा भर्ना भएका थिए । 

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको भने अवस्था सामान्य रहेका अस्पताल प्रशासनले जानकारी दिएको छ ।