पछिल्लो २४ घण्टामा सात हजार ९८९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा सात हजार ९८९ जना संक्रमणमुक्त

काठमाडौं, ५ जेठ। 
पछिल्लो २४ घण्टामा देशभर सात हजार ९८९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङमा देशभरीका अस्पताल, क्वारेन्टिन सेन्टर तथा होम आइसोलुसनमा बसेका सात हजार ९८९ जना कोरोनाबाट संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।  

पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा २४६ जना संक्रमितको मृत्यु भएको हो ।

प्रवक्ता गौतमका अनुसार देशभर आठ हजार १७३ संक्रमित थपिएको बताएका छन् । उनका अनुसार देशभर गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा आठ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो, जसमध्ये काठमाडौंमा १९८८, ललितपुरमा २७० र भक्तपुरम २२८ गरी काठमाडौं उपत्यकामा २४८६ जना संक्रमित भएका छन् ।

हाल देशभर ८५४ क्वारेन्टाइनमा रहेका छन् ।