नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

काठमाडौं, ३० साउन । 
नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणले  ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार आज मोरङ र सिरहाका १/१ जना परुष र बाराका २ पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको हो ।

मृत्यु भएकामध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ ।