उद्योगपति तथा पूर्वसभासद दिवाकर गोल्छाको निधन

उद्योगपति तथा पूर्वसभासद दिवाकर गोल्छाको निधन
तस्विर सौजन्य : onlinekhabar

चैत २७, काठमाडौं । 
उद्योगी तथा पूर्वसभासद दिवाकर गोल्छाको निधन भएको छ ।

 भारतको चेन्नइमा उपचाररत ६७ वर्षीय गोल्छाको मंगलबार राति निधन भएको हो । गोल्छाको तमिलनाडुको एक अस्पतालमा दुई साताअघि उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । 

गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत हुन भने उनी पहिलो संविधानसभामा कांग्रेसको तर्फबाट सभासद बनेका थिए ।

गोल्छा अर्गनाइजेशनले हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग चलाउछ । गोल्छाका दुई छोरा छन् ।

गोल्छाको पार्थिव शरीर बिहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ ।