रसुवामा आगलागी हुदा पाँच घर जलेर नष्ट

रसुवामा आगलागी हुदा पाँच घर जलेर नष्ट

बैशाख १३, रसुवा ।  
रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङदोरमा बिहिबार भएको आगलागीबाट पाँच घर जलेर नष्ट भएको छ । 

थाङदोरमा रहेको लक्ष्मण नेकोर लामाको घरमा विद्युत् सट हुँदा लागेको आगोबाट पाँच घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईश्वरीप्रसाद भण्डारी जानकारी दिएका छन् । प्रवक्ता भण्डारीका अनुसार बिहीबार दिउसो ३ बजे लागेको आगो साँझ ६ बजे मात्र नियन्त्रणमा आएको हो ।

आगो लागेको ३ घण्टा पछि स्थानिय, प्रहरी र कालीजङ्ग गणका सेनाको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।  

आगलागीबाट ८६ लाख ५० हजार बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।