घटस्थापनादेखि ठूला ट्रकलाई काठमाडौं प्रवेशमा रोक

घटस्थापनादेखि  ठूला ट्रकलाई काठमाडौं प्रवेशमा रोक

असोज १०, काठमाडौं । 
घटस्थापना (आइतबार) देखि काठमाडौंमा  ठूला ट्रकलाई  प्रवेश गर्न नदिने भएको छ । 

दशैमा हुने सवारीजाम कम गर्न ठुला सवारीलाई प्रवेश निषेध गरिएको यातायात व्यवस्था विभागले  जानकारी दिएको छ  

यद्यपि, अत्यावश्यक सामान बोक्ने ठुला सवारीलाई भने प्रवेश गर्न दिइने बताइएको छ । असोज १९ गतेसम्म १० चक्के लगायत ठुला सवारी प्रवेश निषेध गरिएको हो ।