राष्ट्रपति भण्डारीद्वारा म्यानमारका राष्ट्रपति विन तथा स्टेट काउन्सिलर सुचीसँग भेटवार्ता

राष्ट्रपति भण्डारीद्वारा म्यानमारका राष्ट्रपति विन तथा स्टेट काउन्सिलर सुचीसँग भेटवार्ता
तस्विर सौजन्य : RSS

असोज ३०, म्यानमार ।
म्यानमारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका स्टेट काउन्सिलर आङ सान सुचीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

म्यानमारको राजधानी नेपितस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो।

राष्ट्रपति भण्डारी म्यानमार गणतन्त्र संघका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यानमारको राजधानी नेपित पुगेकी हुन्। राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सु चीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो।-रासस