ब्राण्डको स्टिकर लगाएर नक्कली घ्यु बेच्ने तीन जना पक्राउ

ब्राण्डको स्टिकर लगाएर नक्कली घ्यु बेच्ने तीन जना पक्राउ

७ पुस,पर्सा ।
नक्कली घिउ उत्पादन तथा बिक्री बितरण गरेको कारण बीरगंज महानगरपालिका-१५ लक्ष्मणवा ब्रहमचोकबाट ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षीय अनिल श्रेष्ठ, ३७ वर्षीय रमेश श्रेष्ठ र भारत विहार मोतिहारी बस्ने २५ वर्षीय राम विलास यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी लक्ष्मणवा ब्रहमचोकमा अनिलले संचालन गरेको सिद्धिबिनायक पूजा सामाग्री प्रोडक्टस उद्योगमा रसायन मिसावट गरी उत्पादित घ्यु पूजा,  दुर्गा र गोकुल घ्यु जस्ता नाम चलेका ब्राण्डको स्टिकर लगाई नक्कली घ्यु उत्पादन तथा बिक्री बितरण गरिरहेको उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त उद्योगबाट प्रहरीले पुजा, दुर्गा र गोकुल नाम गरेको व्राण्डको ५२ कार्टुन घ्यु, डाल्टा घिउ २९ कार्टुन तथा सो बनाउन प्रयोग हुने रसायन र भाँडाकुँडा र लेवलिङ गर्न प्रयोग हुने बिभिन्न ब्राण्डको स्टिकरहरु समेत बरामद गरेको जानकारी दिएको छ ।

यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।