कोरोना सङ्क्रमित आमाबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

कोरोना सङ्क्रमित  आमाबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

बुटवल, १२ भाद्र । 
कोरोना भाइरस सङ्क्रमित आमाबाट जन्मिएको शिशुमा भने कोरोना नेगेटिभ देखिएको छ । 

बुटवलबाट भदौ १ गते कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

बुटवल उपमहानगरपालिका-११ नहरपुरकी २८ वर्षीया गर्भवतीको भदौ ६ गते बिहान शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत निकालिएको शिशुको बिहीबार रिपोर्ट नेगेटिभ आएको हो । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना भाइरस सङ्क्रमित गर्भवतीको उपचारको व्यवस्था नभएपछि उनलाई कोहलपुर रिफर गरिएको थियो ।